AarthikBikash
सोमवार, कार्तिक १०, २०८३
  • होमपेज
  • खेलकुद
  • प्रधानमन्त्री बालेनले गरे एनपीएलको उद्घाटन

प्रधानमन्त्री बालेनले गरे एनपीएलको उद्घाटन

  • सोमवार, कार्तिक १०, २०८३
प्रधानमन्त्री बालेनले गरे एनपीएलको उद्घाटन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्।

उद्घाटनका लागि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान पुगेका प्रधानमन्त्री शाहले खेलाडीहरूसँग हात मिलाउँदै अम्पायरलाई क्रिकेट बल हस्तान्तरण गरेका हुन्।

प्रधानमन्त्री शाहलाई नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायतले मैदानमा स्वागत गरेका थिए। उनीसँगै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल पनि उद्घाटन समारोहमा सहभागी थिए।

उद्घाटन खेल खेल्न मैदानमा उत्रिएका सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सका खेलाडीहरूसँग प्रधानमन्त्री शाहले हात मिलाएका थिए। त्यसपछि राष्ट्रिय गानको कार्यक्रम सम्पन्न भएपछि उनले अम्पायरलाई क्रिकेट बल हस्तान्तरण गरेका थिए।

एनपीएलको तेस्रो संस्करणको पहिलो खेलमा अघिल्लो संस्करणका फाइनलिस्ट सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्।

उद्घाटन खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। त्यससँगै सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ।

लुम्बिनीको टोलीमा कप्तान रोहितसहित आसिफ शेख, डार्सी शट, शामिम हुसेन, निरोशन डिकवेला, सन्दीप जोरा, दिलीप नाथ, श्याडली भान शाल्कविक, शेर मल्ल, किशोर महतो र तिलक भण्डारी छन्।

त्यस्तै, सुदूरपश्चिम रोयल्सले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदान उत्रने टोली सार्वजनिक गरेको छ। सुदूरपश्चिमको प्लेइङ–११ मा सेफ जैब, विनोद भण्डारी, ब्रान्डन म्याकमुलेन, आरिफ शेख, ईशान पाण्डे, शर्फेन रदरफोर्ड, स्कट कुग्लेइन, अनिल खरेल, हेमन्त धामी र अविनाश बोहरा छन्।

अघिल्लो समाचार

Pafbet Casino Review And Free Chips Bonus
Pafbet Casino Review And Free Chips Bonus

अर्को समाचार

Pix55 Casino No Deposit Bonus 100 Free Spins
Pix55 Casino No Deposit Bonus 100 Free Spins

सम्बन्धित समाचार