AarthikBikash
बुधबार, कार्तिक १२, २०८३
  • होमपेज
  • खेलकुद
  • पोखराविरुद्ध सुदूरपश्चिमले टस जित्यो, पहिले फिल्डिङ गर्ने निर्णय

पोखराविरुद्ध सुदूरपश्चिमले टस जित्यो, पहिले फिल्डिङ गर्ने निर्णय

  • बुधबार, कार्तिक १२, २०८३
पोखराविरुद्ध सुदूरपश्चिमले टस जित्यो, पहिले फिल्डिङ गर्ने निर्णय

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।

त्रिवि क्रिकेट मैदानमा बुधबार भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जित्दै पोखरालाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।

सुदूरपश्चिमले प्रतियोगिताको पहिलो खेलमा लुम्बिनी लायन्ससँग हार बेहोरेको थियो।

पोखरा एभेन्जर्सले भने आजको खेलबाट प्रतियोगितामा आफ्नो यात्रा सुरु गर्दैछ।

सुदूरपश्चिमले प्रतियोगिताको पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटको हार बेहोरेको थियो। उक्त खेलमा सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमा अलआउट भएको थियो। जवाफमा लुम्बिनीले ९.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो।

पहिलो खेलमा पराजित सुदूरपश्चिम पोखराविरुद्ध जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा छ। पोखरा एभेन्जर्सले भने यस खेलबाट आफ्नो एनपीएल यात्रा सुरु गर्दैछ।

सम्बन्धित समाचार