काठमाडौं – देशका पाँच जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा ५० जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट ४ लाख ४२ हजार ८०० रुपैयाँ नगद र ९ बुक तास बरामद गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार धनकुटा, कैलाली, ओखलढुंगा, ललितपुर र रुपन्देहीबाट उनीहरू पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार धनकुटाबाट ९ जना, कैलालीबाट १४ जना, ओखलढुंगाबाट ७ जना, ललितपुरबाट १० जना र रुपन्देहीबाट १० जना पक्राउ परेका छन् ।
उनीहरूलाई विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरू घर, होटल, किराना पसल तथा कवाडी कारखानामा जुवातास खेलिरहेका थिए ।
प्रहरीले घटनासँग सम्बन्धित थप अनुसन्धान भइरहेको जनाएको छ ।