AarthikBikash
शनिबार, कार्तिक २९, २०८३
  • होमपेज
  • राजनीति
  • मधेशका मुख्यमन्त्री यादवद्वारा राजीनामा

मधेशका मुख्यमन्त्री यादवद्वारा राजीनामा

  • शनिबार, कार्तिक २९, २०८३
मधेशका मुख्यमन्त्री यादवद्वारा राजीनामा

जनकपुरधाम-मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन्। प्रदेशसभामा विश्वासको मत नपाउने भएपछि उनले सदनबाटै राजीनामाको घोषणा गरेका हुन्। विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले पदभन्दा जनताको सेवा र विश्वास ठूलो भएको बताए।

सत्ता साझेदार नेकपा एमालेले असोज ३० गते चार मन्त्रीलाई फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि यादव सरकार अल्पमतमा परेको थियो। त्यसपछि गत कात्तिक २० गते नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

१०२ सदस्यीय मधेश प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न यादवलाई कम्तीमा ५२ सांसदको समर्थन आवश्यक थियो। प्रदेशसभामा जसपा नेपालका २७, एमालेका २४, कांग्रेसका २२, नेकपाका १५ र जनमत पार्टीका १२ सांसद छन्। त्यस्तै, संघीय समाजवादी पार्टी र राप्रपाका एक–एक सांसद छन्।

यसअघि एमालेले आफूसहित जसपा नेपाल र नेकपाबीच नयाँ सत्ता समीकरण बनेको दाबी गरेको थियो। जसपा नेपालको नेतृत्वमा सरकार गठन गर्ने तयारीसहित नेकपा पनि सरकारबाट बाहिरिएको थियो।

तर, जसपाभित्रै मुख्यमन्त्री बन्ने विषयमा विवाद हुँदा नयाँ सत्ता समीकरणले पूर्णता पाउन सकेको छैन। एमाले र नेकपा भने जसपा नेपालको नेतृत्वमा सरकार बनाउन सकारात्मक देखिएका छन्।

मुख्यमन्त्री यादवको राजीनामासँगै अब प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन्।

अघिल्लो समाचार

Highest RTP Slots UK
Highest RTP Slots UK

सम्बन्धित समाचार