काठमाडौं – एसिया कप राइजिङ स्टार्स मा नेपालले पहिलो जित निकालेको छ ।
भर्खरै सम्पन्न खेलमा नेपालले यूएईलाई ६ विकेटले हराएको हो । यूएईले ११२ रनको सामान्य लक्ष्य नेपालले २२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।
कुशल भुर्तेलले अर्धशतक बनाए । उनले ५७ रन जोडे । यस्तै, मयन यादवले २७, बसिर अहमदले १८ रन जोडे ।