AarthikBikash
सोमवार, मंसिर ८, २०८३
  • होमपेज
  • राजनीति
  • नेपाल–भारतबीच आज उच्चस्तरीय वार्ता र विभिन्न सम्झौतामा हस्ताक्षर हुँदै

नेपाल–भारतबीच आज उच्चस्तरीय वार्ता र विभिन्न सम्झौतामा हस्ताक्षर हुँदै

  • सोमवार, मंसिर ८, २०८३
नेपाल–भारतबीच आज उच्चस्तरीय वार्ता र विभिन्न सम्झौतामा हस्ताक्षर हुँदै

काठमाडौं – भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज द्विपक्षीय वार्ता हुँदैछ।

वार्ताका क्रममा नेपाल र भारतबीच विभिन्न सातभन्दा बढी समझदारीपत्र (एमओयू) तथा सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ ।

सोमबार बिहान ११ः१५ बजे नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच ‘वन अन वन’ भेटवार्ता हुनेछ। त्यसपछि दुवै देशका प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक हुनेछ।

बैठकपछि शिक्षा, स्वास्थ्य, खेलकुद, पूर्वाधार तथा विपद्पछिको पुनर्निर्माण र पुनःस्थापनालगायतका क्षेत्रमा सहकार्य गर्ने विषयमा एमओयू तथा सम्झौतापत्रमा हस्ताक्षर गरिनेछ।

सम्झौतामा हस्ताक्षरपछि दुवै प्रधानमन्त्रीले संयुक्त प्रेस ब्रिफिङमार्फत भेटवार्ता र द्विपक्षीय बैठकका निष्कर्ष सार्वजनिक गर्ने कार्यक्रम छ।

त्यसपछि प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री मोदीले आफ्नो सम्मानमा आयोजना गर्ने दिवाभोजमा सहभागी हुनेछन्।

दिवाभोजपछि प्रधानमन्त्री शाहले सोमबार दिउँसो ३ः३० बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्नेछन्।

राष्ट्रपति मुर्मूसँगको भेटपछि प्रधानमन्त्री शाह दिउँसो ४ः५० बजे नयाँ दिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्ने कार्यक्रम छ। उनी साँझ ६ः४५ बजेतिर काठमाडौं आइपुग्नेछन्।

प्रधानमन्त्री शाह दुईदिने औपचारिक भ्रमणका क्रममा भारतमा छन्।

सम्बन्धित समाचार