AarthikBikash
सोमवार, मंसिर ८, २०८३
  • होमपेज
  • राजनीति
  • बालेन–मोदीले गरे पाँच परियोजनाको उद्घाटन र शिलान्यास

बालेन–मोदीले गरे पाँच परियोजनाको उद्घाटन र शिलान्यास

  • सोमवार, मंसिर ८, २०८३
बालेन–मोदीले गरे पाँच परियोजनाको उद्घाटन र शिलान्यास

काठमाडौं – भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय सहयोगमा निर्माण हुने तथा निर्माण सम्पन्न भएका पाँच परियोजनाको उद्घाटन र शिलान्यास गरेका छन्।

सोमबार नयाँ दिल्लीमा आयोजित दुई प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमार्फत स्विच थिचेर पाँच परियोजनाको उद्घाटन तथा शिलान्यास गरिएको हो।

शाह र मोदीले चार परियोजनाको शिलान्यास गर्दा एक परियोजनाको उद्घाटन गरेका हुन्।

शिलान्यास गरिएका परियोजनामा भारतको धार्चुलाबाट नेपालको दार्चुला जोड्ने मोटरेबल पुल, बनबासा नाकामा निर्माण हुने एकीकृत जाँच चौकी, झापाको चारआलीमा निर्माण गरिने ग्यास पाइपलाइन र ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना रहेका छन्।

त्यस्तै, मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको परियोजना उद्घाटन गरिएको छ।

यस परियोजनाअन्तर्गत भारतबाट पाइपलाइनमार्फत पेट्रोल र मट्टितेलसमेत आपूर्ति हुन थालेको छ।

सम्बन्धित समाचार