AarthikBikash
बिहिबार, मंसिर ११, २०८३
  • होमपेज
  • राजनीति
  • विवाह बन्धनमा बाँधिए रास्वपा सांसद निशा डाँगी र मुकुल ढकाल

विवाह बन्धनमा बाँधिए रास्वपा सांसद निशा डाँगी र मुकुल ढकाल

  • बिहिबार, मंसिर ११, २०८३
विवाह बन्धनमा बाँधिए रास्वपा सांसद निशा डाँगी र मुकुल ढकाल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य निशा डाँगी र पार्टीका संस्थापक महामन्त्री डा। मुकुल ढकाल वैवाहिक जीवनमा बाँधिएका छन्।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले बिहीबार विवाह गरेका हुन्।

विराटनगर घर भएका ढकाल जन्ती लिएर झापा पुगेपछि निशासँग विवाह बन्धनमा बाँधिएका हुन्।

उनीहरूको विवाह समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका विभिन्न नेता तथा शुभेच्छुकहरूको समेत उपस्थिति रहेको थियो।

राजनीतिक रूपमा सक्रिय दुवै नेताको सम्बन्ध यसअघि पनि पार्टीभित्र र राजनीतिक वृत्तमा चर्चाको विषय बन्दै आएको थियो। लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेपछि उनीहरूको व्यक्तिगत जीवनले पुनः सार्वजनिक चासो पाएको छ।

डा. ढकाल रास्वपाका संस्थापक महामन्त्री हुन्। पार्टीभित्रका विभिन्न राजनीतिक घटनाक्रमका कारण चर्चामा रहँदै आएका उनी पछिल्लो समय व्यक्तिगत जीवनका कारण पनि चर्चामा छन्।

निशा डाँगी रास्वपाकी नेतृ तथा प्रतिनिधिसभा सदस्य हुन्। उनी २०७९ को निर्वाचनमा समानुपातिक प्रणालीबाट संसद् प्रवेश गरेकी थिइन् भने २०८२ को निर्वाचनमा झापा–१ बाट प्रत्यक्ष निर्वाचित भएकी हुन्। उनी पार्टीको केन्द्रीय नेतृत्वमा समेत सक्रिय छिन्।

सम्बन्धित समाचार