होटेल, रेस्टुरेन्टले अब ग्राहकबाट १० प्रतिशत सेवा शुल्क लिन नपाउने
काठमाडौं-सर्वोच्च अदालतको संवैधानिक इजलासले होटेल, मोटेल, लज, जङ्गल सफारी वा अन्य व्यवसायीले लिँदै आएको १० प्रतिशत सेवा शुल्क लिन नपाउने आदेश गरेको छ। राष्ट्रिय उपभोक्ता मञ्चको तर्फबाट दायर भएको रिटमा सो फैसला गरिएको हो। श्रम ऐन, २०७४ को दफा ८७ (३) बमोजिम व्यवसायीहरुको आपसी सम्झौतामा उपभोक्ताबाट १० प्रतिशत सेवा शुल्क लिँदै आएका थिए। उक्त दफामा […]