काठमाडौं – स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले आयोजना गरेको प्रदर्शनमा झडप भएको छ। पीडित किसान र प्रहरीबीच झडप हुँदा प्रहरी वृत्त सिंहदरबारका प्रहरी नायव उपरीक्षक (डीएसपी) गंगा पौडेल घाइते भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराका अनुसार डीएसपी पौडेलको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा पाँचवटा टाँका लगाइएको छ। […]
काठमाडौं-नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आज बिजुली काटिने जनाएको छ । वितरण प्रणाली भूमिगत गर्ने प्रयोजनका लागि आज महाराजगञ्ज वितरण केन्द्रको गोंगबु फिडरअन्तर्गत पर्ने स्थानमा बिजुली काटिनेछ । प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार वसुन्धरा, गोंगबु टाउन प्लानिङ, सामाखुसी, रानीबारी क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली प्रवाह रोकिनेछ । सोही वितरण केन्द्रकै हस्पिटल फिडरअन्तर्गत […]
काठमाडौं– प्रहरीले काठमाडौंको कोटेश्वरबाट पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कोटेश्वरको ब्लिसफुल होटलबाट पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा काठमाडौंकै नरेफाट बस्ने ३३ वर्षीय सनराइज खड्का छन्। उनलाई होटलको कोठानम्बर ४०१ बाट पेस्तोल त्यसमा लाग्ने ९ राउन्ड गोली सहित पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ […]