काठमाडौं-मन्त्रिपरिषद् बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा जारी बैठकमा मन्त्रालयका विभिन्न प्रस्तावका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि सोमबार र बिहीबार नियमित मन्त्रिपरिषद् बैठक बस्ने गरेको थियो।
काठमाडौं-प्रतिनिधिसभा सदस्य उपनिनर्वाचनका लागि शुक्रबारबाट आचारसंहिता लागु हुने भएको छ । बारा–२, चितवन–२ र तनहुँ–१ मा आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि २४ चैत शुक्रबारबाट आचारसंहिता लागु हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । ‘वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ […]
काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा देखापरेको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी काम गर्न र पुँजीगत खर्च बढाउन विशेष मेहेनत गर्न निर्देशन दिएका छन्। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ५० औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन्। प्रधानमन्त्रीले भने, ‘पुँजीगत खर्च समयमा हुन सकेन भने त्यसले विकासनिर्माणको कार्य […]
काठमाडौं-अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रलाई सुदृढ बनाउन आफूले पहिलो प्राथमिकता दिने जानकारी दिएका छन् । उनले भने, “नयाँ बजेटको तयारीमा सरकार जुटेको छ, बजेटको मुख्य ध्येय नै अर्थतन्त्रलाई बलियो बनाउने नै हुनेछ ।” सम्पादक समाजका पदाधिकारीसँग आज भएको भेटमा अर्थमन्त्री डा महतले सत्तागठबन्धन दलबीचको सहमतिमा सरकारको न्यूनतम साझा कार्यक्रमका आउने जानकारी दिए । समाजका पदाधिकारीले […]