काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिले देशलाई पुनः हिंसातिर धकेल्न खोजिएको स्पष्ट हुने बताएको छ। बिहान सामाजिक सञ्जाल फेसबूकमार्फत राप्रपा महामन्त्री डा. धवलशमशेर राणाले प्रचण्डको अभिव्यक्तिले देशलाई पुनः हिंसामा धकेल्ने प्रयास भइरहेको स्पष्ट हुने बताएका हुन् । ‘माओवादी अध्यक्ष प्रचण्डको हालैको अभिव्यक्ति हेर्दा देशलाई पुनस् अराजकता र हिंसामा […]
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीलक्षित गर्दै इँटको जवाफ पत्थरबाट दिने बताएका छन्। सिन्धुपाल्चोकको मेलम्ची नगर समितिको सम्मेलन उद्घाटनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त टिप्पणी गरेका हुन् ।उनले राजावादीहरूको पछिल्लो घटनाक्रमतर्फ इंगित गर्दै इँटको जवाफ पत्थरले दिन माओवादी केन्द्र तयार रहेको बताए । उनले सोही जवाफ अन्तर्गत आगामी चैत १५ गते काठमाडौंमा […]
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन् । आयोगको कार्यसम्पादन र भावी कार्यदिशाका विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपाध्यक्षसहित पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री ओलीले उक्त निर्देशन दिएका हुन्।प्रधानमन्त्री ओलीले पूर्वाधार विकासका काम लगभग पूरा हुने चरणमा रहेकाले अब सीप विकास,उद्यमशीलता,रोजगारीका अवसर सृजना,कृषि क्षेत्रका ठूला उत्पादन र […]
काठमाडौं-नेकपा एकीकृत समाजवादीले आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ । महासचिव घनश्याम भूसालले पहिलो चरणमा पार्टीले गर्ने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । दुई महिनासम्म चल्ने आन्दोलनका कार्यक्रम २५ वैशाखमा सकिनेछ । सार्वजनिक आन्दोलनका कार्यक्रम अन्तर्गत २–६ चैतसम्म मातहतका कमिटीहरूमा छलफल, ७–१५ चैतसम्म केन्द्रीय तहमा विभिन्न संघसंगठन तथा व्यक्तिहरूसँग सुझाव संकलन, २० चैतमा सरकारलाई ज्ञापनपत्र बुझाउने […]