काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले ५ देशका नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।राष्ट्रपति पौडेलले गणतन्त्र पोर्चुगल, मलेलिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम अधिराज्य र डेनमार्कका लागि नवनियुक्त राजदूतलाई शपथ गराए। प्रकाशमणी पौडेल गणतन्त्र पोर्चुगल, डा। […]
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समयमै पार्टीको महाधिवेशन हुने बताएका छन् । महामन्त्री थापाले महाधिवेशन हुन्छ कि हुँदैन भनेर रुवाबासी नगर्न आग्रह गरेका हुन्।प्रतिबन्धित कालमा महाधिवेशन गरेको पार्टीले अहिले समयमै महाधिवेशन गर्ने भएकोले ढुक्क हुन उनले आग्रह गरे। पार्टीभित्र कसैलाई महाधिवेशनका पक्षधर र कसैलाई महाधिवेशन नगर्ने बनाइएको उल्लेख गर्दै थापाले १५ औं महाधिवेशन आनन्दसँग […]
काठमाडौं– प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले राईलाई आज सचिव नियुक्त गरेका हुन् ।सभामुख देवराज घिमिरेले गत आइतबार राष्ट्रपति पौडेलसँग भेट गरी संविधानको धारा १०६ बमोजिम सचिव नियुक्तिका लागि सिफारिस गरेका थिए। प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो ।
काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । छैटौं पूर्ण बैठकको निर्णय सार्वजनिक गर्दै नेकपाले उक्त निर्णय गरेको हो ।नेकपाले आगामी २०८४ को निर्वाचनमा भाग लिने निर्णय गर्दै त्यसका लागि पार्टी दर्ता गरेर उपयुक्त चुनाव चिन्ह लिने निर्णय गरेको नेकपाका महासचिव विप्लवले बताए । आगामी चुनावलाई […]