काठमाडौं – पाँच दिने कम्बोडियाको भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले नेपालले शान्ति स्थापना र मेलमिलापको क्षेत्रमा हासिल गरेका उपलब्धि विश्वका लागि अनुकरणीय रहेको बताएका छन् । कम्बोडियामा आयोजित सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आईपीटीपी) को ११ औं पूर्ण सत्रलाई आइतबार सम्बोधन गर्दै सभामुख घिमिरेले भगवान बुद्धको भूमि नेपालका तर्फबाट शान्ति, सहिष्णुताको सन्देश द्वन्द्व व्यवस्थापन र […]
काठमाडौं – नेकपा एमालेले आज सडकमा शक्ति प्रदर्शन गर्दैछ । कार्यक्रमका संयोजकसमेत रहेका वाग्मती प्रदेश इन्चार्ज राजन भट्टराईका अनुसार जागरण सभा दरबारमार्गमा हुनेछ । एमालेले एक लाख मानिस सडकमा उतारेर ‘जागरण सभा’ गर्न लागेको हो । जागरण सभालाई पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । भद्रकालीबाट जुलुस न्युरोड गेट, वीर हस्पिटल, रत्नपार्क, त्रिचन्द्र […]
काठमाडौं – नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहकारी ठगहरुलाई कारवाही गर्नेपर्ने बताएका छन् । सहकारी पीडितहरूले माइतीघरमा गरेको प्रदर्शनमा पुगेका बरिष्ठ उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् । सहकारी बचतकर्ताको बचत रकम फिर्ता पाउने अवस्था बनाउनुपर्ने उनको भनाई छ । उपाध्यक्ष श्रेष्ठले सहकारी रकम हिनामिना गर्नेलाई कारवाही गर्दै बचतकर्ताको बचत रकम फिर्ता पाउने अवस्था बनाउनुपर्ने […]
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा मन्त्री बन्न कुनै योग्यता नचाहिने बताएका छन् । विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण समारोहमा बोल्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन् । चुनाव जितेर आएपछि नेताले मन पराए मन्त्री बन्ने योग्यता पुग्ने सञ्चारमन्त्री गुरुङको भनाइ छ। उनले नेपालमा मन्त्रालय संचालनका लागि कुनै योग्यता चाहिने अभ्यास र कानुनी व्यवस्था […]