AarthikBikash
सोमवार, मंसिर २४, २०८१
  • होमपेज
  • राजनीति
  • पूर्व गृहमन्त्री रवि र पूर्व डीआईजी छविलाई म्याद थपका लागि अदालत लगिँदै

पूर्व गृहमन्त्री रवि र पूर्व डीआईजी छविलाई म्याद थपका लागि अदालत लगिँदै

  • मङ्लबार, कार्तिक २०, २०८१
पूर्व गृहमन्त्री रवि र पूर्व डीआईजी छविलाई म्याद थपका लागि अदालत लगिँदै

काठमाडौं – कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई आज पुनः अदालतमा उपस्थित गराइने भएको छ ।

कात्तिक १४ मा म्याद सकिए पनि तिहार बिदा भएकाले आज मात्रै उनलाई अदालतमा उपस्थित गराउन लागिएको हो ।

लामिछानेलाई शुरूमा ६ दिन र त्यसपछि ७ दिन अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

लामिछानेमाथि सहकारीको रकम अपचलनसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान भइरहेको छ ।

उनीसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक एवं पूर्वडीआईजी छविलाल जोशीलाई पनि आजै म्याद थपका लागि कास्की अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार