AarthikBikash
शुक्रबार, मंसिर ६, २०८२

राजनीति

भ्रष्टाचारले गन्हाएका लम्साललाई खाद्यको प्रमुख बनाउँदै सरकार
राजनीति
भ्रष्टाचारले गन्हाएका लम्साललाई खाद्यको प्रमुख बनाउँदै सरकार
  • १ year अगाडि

काठमाडौं-मानव जीवनको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने खाद्य बस्तु नै कम गुणस्तरको खरिद गरी करोडौं रुपैयाँ हिनामिनाको आरोप लागेका खाद्य व्यवस्था तथा व्यापार कम्पनीका निमित्त प्रमुख डिल्लीराज लम्साललाई सरकारले उल्टै पुरस्कृत गर्ने भएको छ । लम्सालमाथि भारतबाट लुकाई छिपाई क्यारिङ गरेर ल्याइएको कमसल गुणस्तरणको चामल खरिद गरि कर्णाली र सुदुरपश्चिमका दूर्गम गाउँहरुमा पठाएको आरोप लागेको छ […]

काठमाडौं महानगरपालिका कार्यालय नजिकै टुकुचा खोलामाथि सडक भासियो
राजनीति
काठमाडौं महानगरपालिका कार्यालय नजिकै टुकुचा खोलामाथि सडक भासियो
  • १ year अगाडि

काठमाडौं– महानगरपालिकाको नजिक सडक भासिएको छ । महानगरको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो । दरबारमार्ग जोड्ने यो सडक भासिँदा आवागमन प्रभावित भएको छ । हिजो रातिदेखि नै उक्त बाटो बन्द भएको छ । टुकुचा खोलामाथि रहेको यो सडक राति नै भासिएको महानगर प्रहरीले जनाएको छ ।

आज तीन संसदीय समितिको बैठक बस्दै
राजनीति
आज तीन संसदीय समितिको बैठक बस्दै
  • १ year अगाडि

काठमाडौं– आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ। बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्ने भएको छ।बैठकमा नेपालका बाल सुधार गृहमा रहेका बालबालिका र नेपालका कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मानव अधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ। दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य […]

कानुन समितिबाट टीआरसी विधेयक सर्वसम्मत पास
राजनीति
Maximize your crypto potential with trust wallet app and discover tools for smarter asset use.
कानुन समितिबाट टीआरसी विधेयक सर्वसम्मत पास
  • १ year अगाडि

काठमाडौं– कानुन, न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वसम्मत पास गरेको छ।सिंहदरबारमा बसेको समिति बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसम्मत रूपमा पारित गरेको हो।विधेयकमा सन्दर्भमा देखिएका विवादहरूलाई राजनीतिक दलले कार्यदल बनाएर सहमति जुटाएका थिए ।विवादित विषयहरूमा सहमति भएसँगै १८ वर्षपछि विधेयक अघि […]

पोखरा विमानस्थललाई पूर्ण क्षमता साथ सञ्चालन गर्न लागिरहेका छौं : प्रधानमन्त्री ओली
ब्रेक्इङ न्युज
पोखरा विमानस्थललाई पूर्ण क्षमता साथ सञ्चालन गर्न लागिरहेका छौं : प्रधानमन्त्री ओली
  • १ year अगाडि

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्ण क्षमता साथ अन्तर्राष्ट्रिय उडान गराउन सरकार लागिरहेको बताएका छन्। थाइ एयर एसियाले साताको चार दिन भैरहवाथाइल्यान्ड उडान अनुमति पाएको भोलिपल्ट सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीले दुवै अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ प्रयोगमा ल्याउन लागिरहेको बताए। सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले लेखेका […]