सुनसरी-सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित भोटेपुलमा हायसको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालिका-१५ का ४६ वर्षीय शम्भु दर्जी रहेका छन्। मंगलबार इटहरीबाट धरान तर्फ जाँदै गरेको ना–१ ज ७१२१ नम्बरको हायस गाडीले बाटो क्रस गर्दै गरेको को-६ प ५६०३ नम्बरको मोटरसाइकल र को- ३२ प ८६६१ नम्बरको स्कुटरलाई ठक्कर […]
काठमाडौं – उच्च अदालत पाटनले एनसेलको खरिद बिक्री सम्बन्धी विवरणको अभिलेख नगर्ने सरोकारवाला निकायलाई दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । न्यायाधीशहरु शालिग्राम कोइराला र श्यामकुमार भट्टराईको इजलासले कानूनी व्यवस्थाको परिपालना र स्वामित्व परिवर्तनको विषय देखिएको भन्दै अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । उच्च अदालतले संवेदनशील विषयवस्तु रहेको भन्दै मुद्दालाई अग्राधिकारमा राख्न आदेश समेत […]
काठमाडौं – उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी नव नियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति रोकिदिएको छ । कोषका भरत मरासिनीले दायर गरेको रिटमा उच्च अदालतका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको हो । अदालतले कोषको निर्णय कार्यान्वयन नगर्न भनेपछि उनको नियुक्ति बदर भएको हो । गत […]