काठमाडौं-हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। राति पनि देशभर आंशिक बदली देखि सामान्यतया सफा रहने महाशाखाले जनाउको छ। देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न […]
मोरङ-गुडिरहेको बसको टायर फुस्किएर चोट लाग्दा कानेपोखरी गाउँपालिका-६ बस्ने ३० वर्षीय वीरेन्द्र पौडेलको मंगलबार बिहान मृत्यु भएको छ । सोही गाउँपालिका-७ स्थित सडकमा प्रदेश १-०१-००१ ख ३९२२ नम्बरको बसको टायर अचानक फुस्किएर लाग्दा गम्भीर घाइते भएका उनको बिराट नर्सिंङहोम बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान […]
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक नेतृत्व नै विश्वविद्यालयमा भागबन्डा र दाउपेचका लागि दौडिने प्रवृत्तिबारे सोच्ने बेला भएको बताएका छन्। त्रिभुवन विश्वविद्यालयको ३९ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयहरूमा शैक्षिक क्यालेन्डर लागू हुन नसक्नु र बेलाबेला पठनपाठनमा गत्यवरोध आइरहनुमा को दोषी छ ? […]