काठमाडौं- सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार बिहान सल्यान बागचौर नगरपालिका–८ कोटमौलाबाट डाँगीगाउँ जाँदै गरेको रा १ त ३८५७ नम्बरको ट्याक्टर कोटमौलास्थित भित्री सडकखण्डमा दुर्घटना भएको हो। दुर्घटनामा परी सल्यान कुमाख गाउँपालिका–६ बडागाउँका १९ वर्षीय चालक जनक विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। कोटमौलाबाट डाँगीगाउँतर्फ मल (गोबर) लिएर जाने […]
काठमाडौं- सिन्धुपाल्चोकको झिचेनमा जिप भीरबाट खस्दा दुई भुटानी पर्यटकको घटनास्थलमै मृत्यु भएको छ ।हेलम्बु गाउँपालिकाको-१ स्थित झिचेन मिलारेपा जाँदै गरेको जिप दोरिङ भीरबाट खस्दा दुई जनाको मृत्यु भएको हो। दुर्घटनामा पाँच जना गम्भीर घाइते भएका छन् । मिलारेपा गुफा हिँडेको बा २ च ४४५० नम्बरको जिपमा एक नेपाली चालक र अन्य भुटानी नागरिक सवार थिए ।मृतक […]
काठमाडौं- पाटन उच्च अदालतका न्यायाधीश मातृका मरासिनीको हृदयघात भएर निधन भएको छ। न्यायाधीश मरासिनीको मंगलबार बिहान कलंकीस्थित नेशनल अस्पतालमा उपचारको क्रममा निधन भएको हो। कलंकीस्थित आफ्नै निवासमा उनलाई हृदयाघात भएपछि बिहान साढे ८ बजे अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा बिहान १० बजे निधन भएको अस्पतालले जनाएको छ । ५६ वर्षीय मरासिनी सरुवा भएर दुई दिन […]