काठमाडौं-आज बस्ने राष्ट्रिय सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । बैठक दिउँसो सवा १ बजे बस्दैछ । ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्रयाजुएसन) बारे सम्बोधन गर्ने कार्यसूची रहेको छ । आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ प्रस्तुत गर्दैछन् […]
काठमाडौं-नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभापति समेत रहेका इन्द्र बहादुर बानियाँ र मुख्यमन्त्री बहादुरसिंह लामाले उम्मेदवारी दर्ता गरेका हुन् । संसदीय दलको नेता छान्न आजै चुनाव हुनेछ । उम्मेदवारको प्रारम्भिक नामावली ११:३० बजे प्रकाशित गरिनेछ । उम्मेदवारको नाम फिर्ता लिने समय मध्याह्न १२ बजेसम्म तोकिएको […]
काठमाडौं-कुलिङ पिरियड गडबडीबारे छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिको बैठक बस्दैछ । सिंहदरबार सुशासन समितिको सभाहलमा आज ११ बजे बस्ने उक्त बैठकमा प्रतिवेदन लेखनमाथि छलफल हुनेछ । सोधपुछको कार्य अन्तिमतिर पुगेसँगै समयमै काम सक्ने गरी समितिले प्रतिवेदन लेखनको तयारि थालेको हो । समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई-दुई जना सदस्य र माओवादी केन्द्र, […]
हेटौँडा-बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेपाली कांग्रेसका पाँच जना मन्त्रीले राजीनामा दिएको पाँच वटा मन्त्रालयमध्ये तीनमा मन्त्री नियुक्त गरिएको हो । मुख्यमन्त्री लामाले सांसद गोविन्द लम्साललाई आन्तरिक मामिला मन्त्रालय दिएका छन् । सांसद माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरे पनि मन्त्रालय तोकिएको छैन । नयाँ मन्त्रीहरूको […]