AarthikBikash
आइतवार, साउन १०, २०८३
  • होमपेज
  • राजनीति
  • कांग्रेस विशेष महाधिवेशनको प्रस्ताव भोलि दर्ता हुने

कांग्रेस विशेष महाधिवेशनको प्रस्ताव भोलि दर्ता हुने

  • सोमवार, अशोज २७, २०८२
कांग्रेस विशेष महाधिवेशनको प्रस्ताव भोलि दर्ता हुने

काठमाडौं-नेपाली कांग्रेसको विशेष महाधिवेशनका निम्ति हस्ताक्षरसहितको प्रस्ताव दर्ता गर्ने ‘म्याद’ मंगलबार बिहान १० बजेसम्मका लागि थपिएको छ ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा देशका ५१ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षार मंगलबार केन्द्रीय समिति बैठकअघि दर्ता गर्ने तयारी भएको नेता मधु आचार्यले जानकारी दिए।

यही असोज २४ गते नै विशेष महाधिवेशनको प्रस्ताव दर्ता गर्ने भनिएको थियो । तर, ढिलाइ भएको छ ।

आचार्यले भने- ‘आज दिउँसो ३ बजे कार्यसम्पादन समितिको बैठक बस्ने जानकारी पाएर साढे २ बजे उपसभापति पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरी दर्ता गर्ने तयारी गरेका थियौँ । कार्यसम्पादन समितिको बैठक भोलि बिहान ११ बजेका लागि सारिएको जानकारी आयो । त्यसैले उपसभापतिको समय हामीले भोलि नै १० बजेका लागि मागेका छौँ ।’

सोमबार दिउँसो साढे २ बजेसम्म ५१ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेको आचार्यको भनाइ छ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि कांग्रेसमा नेतृत्व परिवर्तनको विषय चर्कोरुपमा उठेको छ।

यो घटनासँगै महामन्त्रीद्वयले कांग्रेसमा नेतृत्व परिवर्तनको बहस सुरु गरेका छन् । उनीहरूले तत्काल विशेष महाधिवेशन गरेर नेतृत्व फेर्ने बहस थालेका थिए । र, विशेष महाधिवेशनका निम्ति हस्ताक्षर संकलन गरिएको हो ।

आचार्यले दुई हजार ४०० भन्दा बढी प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको प्रस्ताव दर्ता गरिने बताए ।दुई हजार बढी हस्ताक्षरसहित

सम्बन्धित समाचार