काठमाडौं – रूकुम पूर्वको प्रतिनिधिसभा सदस्य पदमा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती निर्वाचित भएका छन्। लुम्बिनी प्रदेशका सभामुखसमेत रहेका घर्ती प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतान्तरले विजयी भएका हुन्। उनले १२२६२ मत ल्याएका छन् । प्रतिस्पर्धी नेकपा एमालेका कैलाशकुमार मल्ल ५ हजार २ सय ११ मा रोकिए । यससँगै लुम्बिनी प्रदेशबाट माओवादीले प्रतिनिधसभामा पहिलो जित दर्ता गराएको छ […]
काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित भएका छन् । निर्वाचन कार्यालयका अनुसार खनाल १४ हजार २०४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिद्धन्द्धी एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत प्राप्त गर्दा नेपाली कांग्रेसका भीमसेनदास प्रधान ८ हजार ८०५ मतका साथ तेस्रो स्थानमा छन् ।
काठमाडौं – गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्ट निर्वाचित भएका छन् । सत्तारुढ दलको समर्थनमा नेकपा एसकी सचिव रामकुमारी झाँक्रीलाई हराउँदै लगातार बिष्ट लगातार तेस्रो पटक सांसद भएका छन् । उनी ०७०, ७४ मा लगातार विजयी भएका थिए । निर्वाचन आयोगका अनुसार बिष्टले २८ हजार ४७६ मत पाउँदा झाँक्रीले २६ हजार […]
काठमाडौं – माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ सिन्धुली क्षेत्र नम्बर २ बाट जितको खाता खोलेको छ। मुख्य निर्वाचन कार्यालयका अनुसार सिन्धुली २ बाट माओवादीका लेखनाथ दाहाल विजयी भएका छन्। दाहालले २७ हजार ५ सय १७ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एमालेका मनोजजंग थापाले २१ हजार ३ सय ५५ मत प्राप्त गरे।