AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • दलहरूले आयोगमा बुझाएको समानुपातिकतर्फको सूची सोमबारसम्म सच्याउन सकिने

दलहरूले आयोगमा बुझाएको समानुपातिकतर्फको सूची सोमबारसम्म सच्याउन सकिने

  • आइतवार, मंसिर २५, २०७९
दलहरूले आयोगमा बुझाएको समानुपातिकतर्फको सूची सोमबारसम्म सच्याउन सकिने

काठमाडौं –निर्वाचन आयोगले विभिन्न दलहरुले बुझाएको समानुपातिक सांसदहरुको सूची सच्याउन आजदेखि दुई दिनको समय उपलब्ध गराएको छ ।

समानुपातिक सिद्धान्त र क्लस्टर अनुसार नमिलेको नाम सच्याएर बुझाउन आयोगले आइतबार र सोमबार दुई दिनको समय दिएको हो ।

आयोगको तालिका अनुसार दलहरुले शनिबार सामानुपातिक तर्फको बन्दसूचीमा उल्लेख भएका नामावली निर्वाचन आयोगमा बुझाएका थिए । ती नामावली भित्रैबाट दलहरुले समानुपातिक सांसदको सूची बुझाउनुपर्छ । दलहरुले शनिबार बुझाएको नामावलीले आयोगले छानबिन गरेर प्रमाणित भएपछि मात्रै मान्यता पाउँछ ।

नामावलीमा आजैबाट छानबिन सुरु भएको र यदि क्लष्टर नमिलेको भए सच्याएर पुनः पेस गर्न दलहरुलाई आजै पत्राचार गरिने निर्वाचन आयोगले जनाएको छ ।

२९ मंसिरमा राष्ट्रपतिलाई प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सबै परिणामको प्रतिवेदन बुझाउने आयोगको तयारी छ ।

Facebook Comments

सम्बन्धित समाचार