काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली र मलेसिया–नेपाल बिजनेस काउन्सिलका प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । नेपालमा विभिन्न क्षेत्रमा लगानीको सम्भावना र अवसरहरूका विषयमा अध्ययन गर्न नेपाल आएको उक्त प्रतिनिधिमण्डलले प्रधानमन्त्री निवास बालुवाटारमा ओलीसँग भेटवार्ता गरेको हो । भेटमा प्याराडाइज्ड ग्रुप कम्पनी, मलेसियाका कार्यकारी अध्यक्ष प्रदीपकुमार कुक्रेजा (दातो) को नेतृत्वमा आएको २० सदस्यीय प्रतिनिधिमण्डलले आफूहरू नेपालमा नयाँ उद्यमहरूका […]
काठमाडौं-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूविरुद्ध भ्रष्टाचारको कुनै प्रमाण भए जुनसुकै बलिदान दिन तयार रहेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित पार्टीको विद्यार्थी जिल्ला कमिटीको पाँचौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूमाथि लागेका आरोपहरू निराधार भएको दाबी गरे। उनले भने–‘मेरा बारेमा नकारात्मक टिप्पणी गर्नेहरू छन्, तर मेरो स्पष्ट मान्यता छ – नबिराउनु, नडराउनु […]
काठमाडौं-राष्ट्रियसभाको शुक्रबारको बैठकले आर्थिक विधेयक, २०८२ पारित गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभाको बैठकमा ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक, २०८२ लाई सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेकामा बहुमतले उक्त प्रस्ताव पारित गरेको हो । आर्थिक विधेयक राष्ट्रियसभाबाट संशोधनबिना मूल रुपमै पारित भएको छ ।
काठमाडौं-नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । नाउपाको शुक्रबार बसेको संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले सरकारबाट फिर्ता हुने निर्णय बारेको पत्र मुख्यमन्त्रीले बुझाइने बताए । मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार उद्योग पर्यटन वन तथा […]