काठमाडौं-नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज न्यूयाेर्क फर्किँदै छन् । नेपालको चारदिने भ्रमणमा रहेका उनी आइतबार काठमाडौं आइपुगेका थिए । नेपाल भ्रमणमा रहेका उनले मंगलबार संसद्को दुवै सदनलाई संयुक्त रूपमा सम्बोधन गरेका थिए । त्यसअघि उनले राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेतालगायत उच्च राजनीतिक भेटवार्ता गरेका थिए ।
काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज चियापानको आयोजना गरेका छन्। दशैं, तिहार, छठ लगायत पर्वहरूको अवसरमा ओलीले आज चियापान आयोजना गर्न लागेका हुन्। हिजो गर्ने भनिएको चियापान संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै आजका लागि सारिएको कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए। चियापान कार्यक्रम पार्टी […]
काठमाडौं-संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दुई शक्ति राष्ट्रका बीचमा रहेको नेपालले शान्ति स्थापनामा मौलिक अभ्यास गरेको बताएका छन्। संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै महासचिव गुटेरेसले यस्तो बताएका हुन्। नेपालको शान्ति प्रक्रियामा सहयोग गर्न पाउँदा राष्ट्रसंघ गौरवान्वित भएको उनले बताए। ‘नेपालको शान्ति प्रक्रियामा सहयोग गर्न पाउँदा राष्ट्रसंघ गौरव व्यक्त गर्दछ, यस क्षणमा […]