काठमाडौं-देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु भएकाे छ । काठमाडौं, चन्द्रागिरी नगरपालिका-४ पानीघाट भन्दा माथि हिमचुली सेतो पहरा भन्ने स्थानमा प्र.३-०१-२३ च ६९८५ नम्बरको गाडी अनियन्त्रित भई सडकदेखि अन्दाजी ५ सय मिटर तल खसेर शनिबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा काठमाडौं महानगरपालिका-३० मैतिदेवी बस्ने […]
काठमाडौं-एक महिलाले सर्वोच्च अदालत परिसरभित्रै आत्मदाह प्रयास गरेकी छन् । न्यायाधीश भुवन गिरीकी जेठी पत्नी आरती गिरीले सर्वोच्च अदालतभित्र आत्मदाह प्रयास गरेकी हुन् । आरतीले शरीरमा ज्वलनशील पदार्थ खन्याएर आगो सल्काउने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो । प्रधानन्यायाधीश सर्वोच्चभित्र प्रवेश गरेको करिब १० मिनेटमा आरती सुरक्षाकर्मीको आँखा छल्दै गेटभित्र पसेकी थिइन् । उनले ‘न्याय कि […]
काठमाडौं-थानकोट–चित्लाङ सडक खण्डमा निजी कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङ जाँदै गरेको प्र३-०१-२३ च ६९८५ नम्बरको फोर्ड गाडी चन्द्रागिरी नगरपालिका-४ सेतो पहराबाट खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रहरी वृत्त थानकोटका डीएसपी नारायण अधिकारीले जानकारी दिए । मृत्यु हुनेमा काठमाडौंको मैतिदेवी बस्ने वर्ष ६७ वर्षीय ओमकार निधि तिवारी, सोही […]