सुदूरपश्चिमदेखि कोसीका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना
काठमाडौं – जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न क्षेत्रमा आज साँझदेखि तीव्र हावाहुरीसहित मौसम बदली हुने चेतावनी दिएको छ । सुदूरपश्चिमदेखि कोसी प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरीको सम्भावना रहेको हो । विभागका अनुसार, सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटीसहित आसपासका जिल्ला, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँची हित आसपासका जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने […]