पाँचथर-पाँचथरको फिदिम नगरपालिका–२ सामदिनमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । मेची राजमार्गस्थित सामदिनमा मंगलबार झापाको विर्तामोडबाट ताप्लेजुङ हिँडेको मे १ ज १९४१ नम्बरको जिप दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको हो । मृतकको पहिचान खुलिसकेको छैन । घाइते १३ जनामध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ […]
जनकपुरधाम – नेपाली कांग्रेस नेतृ तथा प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि ‘मिडिया ट्रायल’ गरिएको गुनासो गरेकी छन् । आज बिहान नेपाली कांग्रेस मधेस प्रदेश कार्यालयमा आयोजित पत्रकार तथा पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा डा. राणाले सूचना र सञ्चारको युगमा मिडियाको भूमिका महत्वपूर्ण हुने भए पनि कहिलेकाहीँ मिडिया ट्रायलको नाममा व्यक्तिमाथि […]
काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि सुनुवाइका लागि मंगलबार पूर्ण इजलासमा पेसी तोकिएको छ । रिट सुनुवाईका लागि न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा पेसी तोकिएको हाे। सोमबार न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मंगलबार पूर्ण इजलासमा सुनुवाइ गर्न आदेश […]