काठमाडौं-काठमाडौंमा आज यो वर्षको हालसम्मकै न्यून तापक्रम मापन गरिएको छ । बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस मापन गरिएको हो । मौसमविद्का अनुसार यो यस वर्षको हालसम्मकै न्यून तापक्रम हो । बिहीबार र शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको थियो । यसैबीच, देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ […]
काठमाडौं- काठमाडौंको नयाँबानेश्वरमा गुडिरहेको बस भासिएको छ । कोटेश्वरबाट रत्नपार्कतर्फ गइरहेको बा. ३ ख ३७६२ नम्बरको यात्रुवाहक बस एभरेष्ट होटलको अगाडि सर्भिस लेनमा गुड्दागुड्दै भासिएको हो । सर्भिस लेनतर्फको सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको छ । यात्रुहरू भने बाहिर निस्किएका छन् । २ वर्षअघि पनि मीनभवनस्थित सिभिल अस्पतालअगाडि सडकमा भ्वाङ परेको थियो ।
सुनसरी-सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित भोटेपुलमा हायसको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालिका-१५ का ४६ वर्षीय शम्भु दर्जी रहेका छन्। मंगलबार इटहरीबाट धरान तर्फ जाँदै गरेको ना–१ ज ७१२१ नम्बरको हायस गाडीले बाटो क्रस गर्दै गरेको को-६ प ५६०३ नम्बरको मोटरसाइकल र को- ३२ प ८६६१ नम्बरको स्कुटरलाई ठक्कर […]