नेपालको हवाइ सुरक्षा प्रणालीमाथि नै अध्ययन गर्नुपर्छ : पर्यटनमन्त्री पाण्डे
काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको हवाइ सुरक्षा प्रणालीमाथि अध्ययन गर्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहीबार बसेको बैठकमा बोल्दै पर्यटनमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।पर्यटनमन्त्री पाण्डेले हवाइ सुरक्षाका विषयमा समग्र प्रणालीमाथि नै अध्ययन गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताए ।पर्यटनमन्त्री पाण्डेले नीतिगत, कानुनी, प्राविधिक, जनशक्ति हो कि भनेर अध्ययन गर्ने बताए। […]