AarthikBikash
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • नेपालको हवाइ सुरक्षा प्रणालीमाथि नै अध्ययन गर्नुपर्छ : पर्यटनमन्त्री पाण्डे

नेपालको हवाइ सुरक्षा प्रणालीमाथि नै अध्ययन गर्नुपर्छ : पर्यटनमन्त्री पाण्डे

  • बिहिबार, साउन २४, २०८१
नेपालको हवाइ सुरक्षा प्रणालीमाथि नै अध्ययन गर्नुपर्छ : पर्यटनमन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको हवाइ सुरक्षा प्रणालीमाथि अध्ययन गर्नुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहीबार बसेको बैठकमा बोल्दै पर्यटनमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।पर्यटनमन्त्री पाण्डेले हवाइ सुरक्षाका विषयमा समग्र प्रणालीमाथि नै अध्ययन गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताए ।पर्यटनमन्त्री पाण्डेले नीतिगत, कानुनी, प्राविधिक, जनशक्ति हो कि भनेर अध्ययन गर्ने बताए।

हवाई क्षेत्रमा अनुगमन र नियमनको पाटोसमेत हेर्नुपर्ने पर्यटनमन्त्री पाण्डेको भनाई छ । अब सरकारले समग्र सिस्टममाथि नै अध्ययन गर्नुपर्ने पर्यटनमन्त्री पाण्डेले बताए ।विगतमा पनि अनुसन्धान गरेर प्रतिवेदन बुझाउने तर दुर्घटना भइरहने समस्या देखिएको उनले बताए ।अब भने त्यस्तो अवस्था अब अन्त्य गर्नुपर्ने पर्यटनमन्त्री पाण्डेको भनाई छ।

Facebook Comments

सम्बन्धित समाचार