भूकम्पमा घाइते भएका सबैको उपचार निःशुल्क गर्ने सरकारको निर्णय
काठमाडौं – सरकारले भूकम्पमा परेर घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने भएको छ । बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतका अनुसार जतिसुकै महंगो उपचार गर्नुपर्ने भए पनि सरकारले निःशुल्क उपचार गर्ने भएको छ । काठमाडौंमा वीर, ट्रमा, टिचिङ, गंगालाललगायतका अस्पताल अलर्ट अवस्थामा राखिएको बताउँदै अब ‘रेस्क्यु’ गर्नुपर्ने अवस्थाका बिरामी […]