AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • भिटेनलाई प’क्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

भिटेनलाई प’क्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

  • मङ्लबार, कार्तिक १८, २०७७
भिटेनलाई प’क्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं : अ’श्लील शब्द मिसाउँदै र्‍याप गाइरहेका भिटेन ‘समिर घिसिङ’ प’क्राउ नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ। गीत, संगीतलाई लिएर भिटेनलाई प’क्राउ गर्नुपर्ने कुनै कारण नदेखिएको भन्दै उच्च अदालतले यस्तो आदेश दिएको हो।

मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भिटेनमाथि धरपकड नगर्न भन्दै प्र’हरी प्रधान कार्यालय र केन्द्रीय साइबर ब्यूरोको नाममा कारण देखाऊ र अन्तरिम आदेश जारी भएको हो।

अ’श्लील शब्द र महिलामाथि अपमानजनक गा’ली गरेको पछिल्लो म्युजिक भिडियोलाई लिएर प्र’हरीले भिटेनको खोजी थालेको थियो। त्यसपछि उनले उक्त गीत युट्युबबाट हटाएका थिए। घिसिङले प्र’हरी प्रधान कार्यालय र साइबर ब्युरोलाई विपक्षी बनाउँदै कात्तिक १६ मा उच्च अदालत निषेधाज्ञा सम्बन्धी रिट निवेदन दिएका थिए।

Facebook Comments

सम्बन्धित समाचार