AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • पुनः मतदान गर्ने निर्णयमा अन्तरिम आदेश दिन अस्वीकार

पुनः मतदान गर्ने निर्णयमा अन्तरिम आदेश दिन अस्वीकार

  • बुधबार, असार १५, २०७९
पुनः मतदान गर्ने निर्णयमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं – सर्वोच्च अदालतले बाजुराको बूढीगङ्गा नगरपालिकामा पुनः मतदान रोक्न माग गरिएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो । निर्वाचन आयोगले बूढीगङ्गामा यही असार २३ गते पुनः मतदान गर्ने निर्णय गरेको थियो ।

आयोगको उक्त निर्णयविरुद्ध उक्त नगरपालिकाका दलबहादुर सावदले रिट निवेदन दायर गर्दै पहिला भएको मतदानको मतगणना गर्नुपर्ने माग गरेका थिए । अदालतको आदेशसँगै असार २३ गते उक्त नगरपालिकामा निर्वाचन गर्न बाटो खुलेको छ ।

निर्वाचन आयोगले उक्त नगरपालिकामा गत ३० वैशाखको मतदान रद्द गरी यही २३ असारमा पुनः मतदानको निर्णय गरेको थियो । रिट निवेदनमा यसअघि मतदान भएको मतपेटिकाबाट मतगणना गर्न माग गरिएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार