AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • नवनियुक्त मन्त्रीहरूले लिए शपथ

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

  • सोमवार, असार २०, २०७९
नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं – नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार शितल निवासमा उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।

जनता समाजवादी पार्टीले आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीका रुपमा मृगेन्द्रकुमार सिंह यादव, मोहम्मद इस्तियाक राई र प्रदीप यादवलाई सरकारमा पठाएको थियो ।

मृगेन्द्रकुमार सिंह यादवलाई कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी दिइएको छ । मोहम्मद इस्तियाक राईलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रदीप यादवले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

 

Facebook Comments

सम्बन्धित समाचार