AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाज
  • थप ३९१ जनामा कोरोना संक्रमण

थप ३९१ जनामा कोरोना संक्रमण

  • बुधबार, साउन ४, २०७९
थप ३९१ जनामा कोरोना संक्रमण

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ९१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ८१ जनाको नमूना परीक्षण गरिएको थियो ।

२ हजार ५ सय ६५ जनाको पीसीआर र १ हजार ४ सय १९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ सय ९१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बुधबार ४६ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर २ हजार २ सय ७६ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार