बैतडी – जंगली विषालु च्याउ खाँदा बैतडीमा एकै परिवारका पाँचजना बालबालिका बिरामी परेका छन् ।
मेलौली नगरपालिका–५ खलीगाडमा एकै परिवारका ५ जना बालबालिका बिरामी परेका हुन् ।
बिरामी पर्नेमा सुनिता जोशी, सविता जोशी, किरन जोशी, सोनिया जोशी र दिव्या जोशी छन् । सबै १० बर्ष मुनी उमेर समुहका रहेका छन ।
च्याउँ खाएर बिरामी परेका सबै ५ जनालाई केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको निमित्त प्रमुख जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिएका छन । उनका अनुसार मंगलबार बिहान जंगलबाट टिपेर ल्याएको च्याउको तरकारी खाएपछि उनीहरु बिरामी परेका थिए ।
च्याउ खाएको केहीबेरपछि उनीहरुले बान्ता गर्न थाले पछि नै उनीहरूलाई स्वास्थ्य केन्द्र लगिएको थियो ।