AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाज
  • नवलपुरको दाउन्नेमा बस पल्टिएर आगो लाग्दा ३३ यात्रु घाइते

नवलपुरको दाउन्नेमा बस पल्टिएर आगो लाग्दा ३३ यात्रु घाइते

  • बुधबार, साउन ११, २०७९
नवलपुरको दाउन्नेमा बस पल्टिएर आगो लाग्दा ३३ यात्रु घाइते

नवलपुर – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुवाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन्। आज बिहान साढे ५ बजे विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने सडकखण्डको विश्वकर्मा मन्दिर नजिक बस दुर्घटना भई आगलागी भएको हो।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना५ख ५१०० नंको बस अनियन्त्रित भई सडकबाट उत्तरतर्फ पहाडमा ठोक्किँएको प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले जानकारी दिए। आगलागीबाट यात्रु घाइते भएका हुन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको महर्जनले बताए।

घाइते आठ यात्रुको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज र अन्यको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments

सम्बन्धित समाचार