AarthikBikash
शुक्रबार, जेष्ठ १०, २०८२
  • होमपेज
  • शिक्षा/स्वास्थ्य
  • एसईईको ग्रेडमा चित्त नबुझे पुनर्योगका लागि निवेदन दिन सकिने

एसईईको ग्रेडमा चित्त नबुझे पुनर्योगका लागि निवेदन दिन सकिने

  • शुक्रबार, साउन १३, २०७९
एसईईको ग्रेडमा चित्त नबुझे पुनर्योगका लागि निवेदन दिन सकिने

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ को नतिजामा चित्त नबुझे पुनर्योगका लागि आगामी २७ गतेसम्म निवेदन दिन भनेको छ।

बोर्डले सूचना जारी गर्दै साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा ग्रेडवृद्धि समूहबाट परीक्षामा सहभागी भएका परीक्षार्थीहरूले आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझी पुनर्योग गर्न चाहेमा साउन २७ भित्र निवेदन दिन आग्रह गरेको हो। निवेदनका लागि ५ सय रुपैयाँ तिर्नुपर्नेछ।

सम्बन्धित समाचार