AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • जसपाका केही मानिस रुपान्तरित हुन नसकेका कारण विकल्प रोज्यौं : बाबुराम भट्टराई

जसपाका केही मानिस रुपान्तरित हुन नसकेका कारण विकल्प रोज्यौं : बाबुराम भट्टराई

  • शनिबार, साउन २१, २०७९
जसपाका केही मानिस रुपान्तरित हुन नसकेका कारण विकल्प रोज्यौं : बाबुराम भट्टराई

काठमाडौं – हालै मात्र नेपाल समाजवादी पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा)मै रहेर त्यसलाई रुपान्तरण गर्ने सम्भावना नरहेपछि नयाँ पर्टी गठन गरेको बताएका छन् ।

जसपालाई रुपान्तरण सुधारका लागि अनेक प्रयन्त, छलफल, बहस गरे पनि त्यहाँ रहेका परम्परावादी सोच भएका मानिसहरू रुपान्तरित हुन नसकेको उनको आरोप छ ।

ललितपुरको बालकुमारीमा नेपाल समाजवादी पार्टीले आज आयोजित कार्यक्रममा उनले जनता समाजवादी पार्टीको गत असार अन्तिम बसेको केन्द्रीय कार्यकरिणी समितिको विस्तारित बैठकले पार्टीले लक्षित उदेश्य र वैकल्पिक राजनीतिक दलको कार्यभार पूरा गर्न नसक्ने ठहर गर्दै नयाँ पार्टी नेपाल समाजवादी पार्टी गठन गरेको उनले प्रष्टाए । यसले वैधानिक पूर्णता पाउन अझै बाँकी रहेको र यही कारणले पार्टीको वैधानिकता पूरा गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाएको उनले बताए ।

पार्टीले वैधानिकता प्राप्त गरेपछि राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्ध र सम्पर्क विस्तार गर्ने उनको भनाइ छ । पार्टीको पहिलो बैठकमा नेपाल समाजवादी पार्टीका अध्यक्ष दीपक लामिछानेले बाबुराम भट्टराई, महेन्द्र राय यादवसहितको केन्द्रीय समिति घोषणा गरेका थिए ।काठमाडौं  हालै मात्र नेपाल समाजवादी पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा)मै रहेर त्यसलाई रुपान्तरण गर्ने सम्भावना नरहेपछि नयाँ पर्टी गठन गरेको बताएका छन् ।

जसपालाई रुपान्तरण सुधारका लागि अनेक प्रयन्त, छलफल, बहस गरे पनि त्यहाँ रहेका परम्परावादी सोच भएका मानिसहरू रुपान्तरित हुन नसकेको उनको आरोप छ ।

ललितपुरको बालकुमारीमा नेपाल समाजवादी पार्टीले आज आयोजित कार्यक्रममा उनले जनता समाजवादी पार्टीको गत असार अन्तिम बसेको केन्द्रीय कार्यकरिणी समितिको विस्तारित बैठकले पार्टीले लक्षित उदेश्य र वैकल्पिक राजनीतिक दलको कार्यभार पूरा गर्न नसक्ने ठहर गर्दै नयाँ पार्टी नेपाल समाजवादी पार्टी गठन गरेको उनले प्रष्टाए । यसले वैधानिक पूर्णता पाउन अझै बाँकी रहेको र यही कारणले पार्टीको वैधानिकता पूरा गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाएको उनले बताए ।

पार्टीले वैधानिकता प्राप्त गरेपछि राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्ध र सम्पर्क विस्तार गर्ने उनको भनाइ छ । पार्टीको पहिलो बैठकमा नेपाल समाजवादी पार्टीका अध्यक्ष दीपक लामिछानेले बाबुराम भट्टराई, महेन्द्र राय यादवसहितको केन्द्रीय समिति घोषणा गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार