AarthikBikash
बुधबार, कार्तिक ७, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • नर्भिक अस्पतालले बनाएको टहरा काठमाडौं महानगरले तत्काल नभत्काउने

नर्भिक अस्पतालले बनाएको टहरा काठमाडौं महानगरले तत्काल नभत्काउने

  • मङ्लबार, साउन २४, २०७९
नर्भिक अस्पतालले बनाएको टहरा काठमाडौं महानगरले तत्काल नभत्काउने

काठमाडौं – काठमाडौं महानगरले नर्भिक इन्टरनेशल हस्पिटल प्रालिले बनाएको भौतिक संरचना तत्काल नभत्काउने भएको छ ।

सोमबार २४ घन्टाभित्र संरचना हटाउन महानगरले निर्देशन दिएको थियो। सोहीअनुसार मेयर बालेन्द्र शाह मंगलबार दिउँसो नर्भिक अस्पतालमा पुगेका थिए । तर, अस्पतालले अक्सिजन प्लान्टदेखि बिजुली, पानीजस्ता अत्यावश्यक वस्तुहरु राखिएको भन्दै तत्काल हटाउन नसक्ने बताएपछि भौतिक संरचना नभत्काइने भएको हो ।

त्यहाँ भएका सामग्री अन्यत्र जडान गर्न र सार्न लाग्ने समयबारे महानगरपालिका र अस्पतालले प्राविधिक राखेर अध्ययन समिति बनाउने भएको छ । समितिले प्रतिवेदन बुझाएपछि सोही आधारमा अर्को कदम चालिने मौखिक सहमति भएको छ ।

२०६५ सालमा नेपाल सरकारको तर्फबाट भूमिसुधार कार्यालय काठमाडौंका भूमिसुधार अधिकारी लुम्बप्रसाद सिवाकोटीसँग २० वर्षका लागि उक्त जग्गा भाडामा लिएको अस्पतालले जनाएकाे छ ।

Facebook Comments

सम्बन्धित समाचार