AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • अध्यक्ष दाहाल र जापानको सत्तारुढ पार्टीका नेताहरूबीच भेटवार्ता

अध्यक्ष दाहाल र जापानको सत्तारुढ पार्टीका नेताहरूबीच भेटवार्ता

  • मङ्लबार, साउन २४, २०७९
अध्यक्ष दाहाल र जापानको सत्तारुढ पार्टीका नेताहरूबीच भेटवार्ता

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूबीच भेटवार्ता भएको छ ।

जापानको राजधानी टोकियोस्थित पार्टी मुख्यालयमा भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्धलाई सुदृढ गर्न उच्च तहका भ्रमणहरूको आदानप्रदान गर्ने विषयमा छलफल भएको छ ।

यस्तै, स्थानीय शहर र नगरहरूबीच भगिनी सम्बन्धको विकास गर्ने, नेपालको कृषि, पर्यटन, जलविद्युत्, भौतिक पूर्वाधारको क्षेत्रमा जापान सरकारबाट हुँदै आएको सहयोगलाई अझ वृद्धि गर्दै जाने विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

अध्यक्ष दाहालले लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता, पूर्वमन्त्रीहरू, सांसदहरू र नेपाल जापान संसदीय समितिका सभापति तोसिहिरो निक्कइसँग पनि भेटवार्ता गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार