काठमाडौं – बालाजु बाइपासधारामाको वान वर्ल्ड जुत्ता कारखानामा आज (बुधबार) आगलागी भएको छ ।
आगलागी नियन्त्रणका गर्नका लागि प्रहरी टोली परिचालन भइसकेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
आगलागी नियन्त्रणका लागि एउटा दमकल घटनास्थल पठाइसकिएको छ । आगो निभाउने प्रयास भइरहेको पनि प्रहरीले जनाएको छ ।
घटनाको थप विवरण आउन भने बाँकी छ ।