AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • बालाजु बाइपासको आगलागी दुई घण्टापछि नियन्त्रणमा

बालाजु बाइपासको आगलागी दुई घण्टापछि नियन्त्रणमा

  • बुधबार, साउन २५, २०७९
बालाजु बाइपासको आगलागी दुई घण्टापछि नियन्त्रणमा

काठमाडौं – काठमाडौं महानगरपालिका-१६ बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा बुधबार अपरान्हदेखि लागेको आगो नियन्त्रणमा आएको छ ।

पाँचवटा दमकलको सहायतामा दुई घण्टापछि आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । आगो निभाउन नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी खटिएका थिए । आगलागीको कारण भने खुल्न सकेको छैन।

 

Facebook Comments

सम्बन्धित समाचार