AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • थप ४५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

थप ४५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

  • आइतवार, साउन २९, २०७९
थप ४५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

 काठमाडौं – पछिल्लो २४ घण्टामा ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ८२९ परीक्षणमा ४५५ जनामा संक्रमण पुष्टि भएको हो । दुई हजार ३०८ पीसीआर परीक्षणमा ३०५ र दुई हजार ५२१ एन्टिजेन परीक्षणमा १५० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । त्यस्तै ३०२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ४३५ रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार