AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • एमालेको आग्रहमा प्रतिनिधि सभा बैठक एक साता स्थगित

एमालेको आग्रहमा प्रतिनिधि सभा बैठक एक साता स्थगित

  • मङ्लबार, भदौ ७, २०७९
एमालेको आग्रहमा प्रतिनिधि सभा बैठक एक साता स्थगित

काठमाडौं – प्रमुख प्रतिपक्ष नेकपा एमालेको आग्रहपछि प्रतिनिधि सभा बैठक एक सातालाई स्थगित गरिएको छ ।

आज मंगलबारदेखि १२ गतेसम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै एमालेले प्रतिनिधि सभा बैठक नराख्न सभामुख समक्ष आग्रह गरेको थियो ।

सोही आग्रहबमोजिम प्रतिनिधि सभा बैठक यही भदौ १३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।

नेकपा एमालेको आज स्थायी कमिटी बैठक छ । यसैगरी ९ गते पोलिटव्यूरो, १० र ११ गते केन्द्रीय कमिटी तथा १२ गते निर्वाचन परिचालन कमिटीको बैठक बोलाइएको छ ।

आजको बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ टेबुल भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार