AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

  • बुधबार, भदौ ८, २०७९
प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

 काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष चारवटा विषयमा कुरा राखेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बुधबार बिहान भएको भेटमा अध्यक्ष ओलीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचनको घोषणाका बेला सरकारले आफूहरुसँग परामर्श नगरेकोमा असन्तुष्टि व्यक्त गरे ।

यस्तै, ओलीले आगामी निर्वाचन निष्पक्ष, धाँधलीरहित र विश्वसनीय हुनु पर्नेमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन् । करिब ६ महिनापछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका अध्यक्ष ओलीले शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुगोस् भन्ने धारणा राखे ।

यस्तै, अध्यक्ष ओलीले सरकारले प्रतिनिधिसभामा हालै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगको ऐन संशोधनसम्बन्धी विधेयक प्रमुख विपक्षी दलसँग छलफल नगरी ल्याएको भन्दै असन्तुष्टि जनाएका छन् । ओलीले प्रधानमन्त्री देउवासमक्ष राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक फेरि संसद्मा प्रस्तुत गरेको विषयमा पनि कुरा राखेका छन् ।

यसैगरी, अध्यक्ष ओलीले प्रधानमन्त्री देउवासमक्ष मूल्यवृद्धिका बारेमा पनि कुरा राखेका छन् । ओलीले प्रधानमन्त्री देउवालाई मूल्यवृद्धि नियन्त्रण गर्न ध्यानाकर्षण गराएका हुन् ।

बालुवाटारमा भएको भेटमा एमालेबाट अध्यक्ष ओलीसँगै उपाध्यक्षद्वय सुवास नेम्वाङ र विष्णु पौडेल सहभागी थिए भने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए ।

 

Facebook Comments

सम्बन्धित समाचार