AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाज
  • बालेनको समर्थनमा रामकुमारी झाँक्री

बालेनको समर्थनमा रामकुमारी झाँक्री

  • शुक्रबार, भदौ १०, २०७९
बालेनको समर्थनमा रामकुमारी झाँक्री

काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा पूर्वशहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको कदमलाई समर्थन गरेकी छन् ।

अवैध संरचना हटाउन मेयर साहले अभियान चलाएपछि झाँक्रीले उनको यस कदमको प्रंशसा गरेकी हुन् । उनले मेयर शाहलाई सँगै मिलेर बनाएको योजनामा अगाडि बढ्नसमेत आग्रह गरेकी छिन् ।

सामाजिक संजाल फेसबुकमार्फत् माथिल्लो तहको दबाबले गर्दा आफू मन्त्री हुँदा स्वतन्त्र भएर काम गर्न नपाएको बताइन् । तर, आफूलाई जस्तो दलिय दवाव मेयर बालेनलाई नहुने उनले लेखेकी छन् ।

उनले फेसबुकमा लेखेकी छन्,‘मेरो समर्थन मेयर बालेन जीलाई !

१.यसपछि अब पालो हुनेछ उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने।

२.मैले बागमति करीडोरका ४१ वटा अतिक्रमित संरचना हटाएईसकेको थिएँ।

३.निर्वाचन आएकोछ यसले नगरौ भन्ने दवाव आयो र स्थगन गर्न पर्यो।

४.स्थानीय चुनावपछि २०७९ जेठ २ गतेबाट फेरी हटाउन सुरू भएको थियो।

५.मेरो कार्यकाल लामो रहेन।मेयर बालेनजी र मैले केही योजना बनाएका थियौं।

६.सुरुम्वासीको नाममा अतिक्रमण भएका स्थानहरूलाई खाली गर्ने कामको पनि केही योजना बनेको छ।

७.मलाई जस्तो दलिय दवाव मेयर बालेन जीलाई हुदैन।

८. I am always with you, behind you. keep it up.’

Facebook Comments

सम्बन्धित समाचार