AarthikBikash
शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • राजनीति
  • मानहानी मुद्दामा बालेन शाहलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश

मानहानी मुद्दामा बालेन शाहलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश

  • सोमवार, भदौ १३, २०७९
मानहानी मुद्दामा बालेन शाहलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश

काठमाडौं – सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरूद्ध परेको अदालतको अवहेलना मुद्दामा लिखित जवाफ मागेको छ।

बालेनविरूद्ध परेको रिटको सोमबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले बालेनसँग लिखित जवाफ माग्ने आदेश गरेको हो।

सर्वोच्चका प्रवक्ता विमल पौडेलले मेयर बालेनसँग लिखित जवाफ माग्ने आदेश भएको बताए।

सात दिनभित्र बालेन आफै वा कानुन बमोजिमको प्रतिनिधिमार्फत् सर्वोच्च अदालतमा लिखित जवाफ बुझाउनु पर्ने उक्त आदेशमा भनिएको छ।

‘निवेदकको माग बमोजिम अदालतको अवहेलनामा सजाय किन नहुनुपर्ने हो? सो आधार कारणसहित यो आदेश प्राप्त भएको मितिले बाटाका म्यादबाहेक सातदिनभित्र आफैं वा आफ्नो कानुन बमोजिमको प्रतिनिधिमार्फत् लिखित जवाफ पेश गर्नु,’ आदेशमा भनिएको छ।

सर्वोच्च अदालतका अनुसार अधिवक्ता दिपकराज जोशीले बालेनविरूद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा हालेका थिए।

Facebook Comments

सम्बन्धित समाचार