AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • केपी ओलीसँग सल्लाह गरेरै नागरिकता विधेयक ल्याइएको होः गृहमन्त्री खाँण

केपी ओलीसँग सल्लाह गरेरै नागरिकता विधेयक ल्याइएको होः गृहमन्त्री खाँण

  • सोमवार, भदौ १३, २०७९
केपी ओलीसँग सल्लाह गरेरै नागरिकता विधेयक ल्याइएको होः गृहमन्त्री खाँण

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सल्लाह गरेरै ल्याइएको बताएका छन्।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको छलफलका क्रममा गृहमन्त्री खाँणले सबै दलहरूको सहमतिमा विधेयक ल्याइएको बताएका हुन्।

सोमबार बसेको समितिको बैठकमा बोल्दै गृहमन्त्री खाँणले भने, ‘नागरिकता विधेयक प्रतिपक्षी दलका नेतासँग पनि छलफल गरेर तत्कालीन सरकारले २०७५ सालमा ल्याएको विधेयक र २०७८ मा जारी गरिएको अध्यादेशको भावनामा सल्लाहमै, प्रक्रियामा सहमति भएरै अघि बढेको हो।’

यसअघि प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट विधेयक पारित गर्ने क्रममा ओलीसँगको सहमतिअनुसार नै एमालेले मौन समर्थन गरेको पनि गृहमन्त्री खाँणको भनाइ थियो।

नागरिकता विधेयक फिर्ता गर्ने क्रममा राष्ट्रपतिले उठाएका प्रश्न गम्भीर भएको र कतिपयमा सम्बोधन गर्नुपर्ने तर त्यसका लागि संविधान नै संशोधन गर्न आवश्यक भएको गृहमन्त्रीको भनाइ छ।

Facebook Comments

सम्बन्धित समाचार